रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित
फाइल तस्वीर
काठमाडौं। रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित गरिएको छ। गुठी संस्थानको ललितपुर शाखा कार्यालयले बुधबार एक सूचना जारी गर्दै कोरोना महामारीका कारण रथारोहण स्थगित गरिएको जानकारी दिएको छ।
संस्थानले यही साउन १० गते रथारोहण गर्ने ज्योतिषले साइत दिएकोमा कोरोनाका कारण रथारोहण रोकिएको बताएको छ। फेरि ज्योतिषले साइत दिएपछि अर्को मितिमा रथारोहण गरिनेसमेत संस्थानले जनाएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment