नियमित उडान सुचारु गर्न तयार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, हेर्नुहोस् २५ तस्वीर

डिसी नेपाल
९ साउन २०७७ १०:५५

काठमाडौं। सरकारले लकडाउन खुला गरेसँगै भदौ १ गतेदेखि नियमित आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने घोषणा गरिसकेको छ । यससँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नियमित उडान संचालनको लागि पूर्वतयारी गरिरहेको छ । लकडाउनको समयमा नियमित उडान बन्द हुँदा विमानस्थलले धवनमार्ग विस्तार, मर्मत, मार्किङ लगायतका काम पूरा गरिसकेको छ ।

अब नियमित उडान संचालन गर्दा सुरक्षाका सम्पूर्ण उपायहरु अपनाउने तयारी भइरहेको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार सुरक्षाका अन्तर्राष्ट्रिय मापदण्डहरु अपनाएर सामाजिक दूरी कायम गर्दै नियमित काम संचालन गरिनेछ । यद्यपि अब नियमित उडान सीमित मात्र हुने र पहिले आवतजावत गर्ने यात्रुको २० प्रतिशत यात्रुले मात्र यात्रा गर्न पाउने महाप्रबन्धक केसीले बताए । यसअघि नियमित रुपमा दैनिक ४० भन्दा बढी नियमित अन्तर्राष्ट्रिय उडानमा २० हजारभन्दा बढी यात्रु आवतजावत गर्ने गरेकोमा अब २० प्रतिशतमा झर्दा दैनिक करिब ८ अन्तर्राष्ट्रिय उडानमा करिब ४ हजार यात्रुले यात्रा गर्न पाउनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *