एफएनसीसीआइको निर्णयमा किन लेखियो ‘नोट अफ डिसेन्ट’?

डिसी नेपाल
९ साउन २०७७ १२:३८

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले आगामी साउन २६ र २७ गते गरिने भनिएको निर्वाचन सहितको साधारणसभा स्थगित भएपनि ५० प्रतिशत पदाधिकारीले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।

बिहीबार बसेको महासंघको केन्द्रीय कार्यसमिति बैठकले सरकारले सभा सम्मेलन गर्नका लागि अझै रोकेको भन्दै चुनाव स्थगित गर्ने निर्णय गरेको थियो। सो निर्णय विरुद्ध एसोसिएट उपाध्यक्ष चन्द्र ढकालको प्यानलले ‘नोट अफ डिसेन्ट’ लेखेका हुन्।

महासंघले सरकारले सभा सम्मेलन गर्नका लागि खुल्ला गरेको १५ दिनभित्रमा निर्वाचन सहितको साधारणसभा गर्ने निर्णय गरेको थियो। साधारणसभा रोक्ने विषयमा गरिएको निर्णय बिहीबार नै एसोसिएट उपाध्यक्ष चन्द्र ढकाल, बस्तुगत उमेशलाल श्रेष्ठ र कोषाध्यक्ष निरक केसी र विशिष्ट सदस्य चन्ढीराज ढकालले असहमति जनाएका थिए। उनीहरुले शुक्रबार बसेको पदाधिकारी बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेका हुन्।

तर शुक्रबार विहान बसेको पदाधिकारी बैठकमा चुनाव सार्ने कुरा कानुन विपरित भएको भन्दै ५० प्रतिशत पदाधिकारीले ‘नोट अफ डिसेन्ट’ लेखेका हुन्। उनीहरुले संस्थापन पक्षले एकलौटी ढंगबाट आफ्नो अधिकारी क्षेत्रभन्दा बाहिर गएर चुनावको मिति सारेको भन्दै उपाध्यक्ष चन्द्र ढकाल र उनको टिमले ‘नोट अफ डिसेन्ट’ लेखेको जनाएका छन्।

महासंघ कार्यसमितिमा अध्यक्ष भवानी राणा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यहरु किशोर प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकाल र कोषाध्यक्ष निरक केसी पदाधिकारी रहेका छन्।

महासंघको आगामी चुनावका लागि ढकाल वरिष्ठ उपाध्यक्षका प्रत्यासी हुन्। उनको पक्षले भने अर्का वरिष्ठ उपाध्यक्षका प्रत्याशी किशोर प्रधानले हार्ने भएपछि संस्थापन पक्षले चुनाव सहितको साधारणसभा सार्ने निर्णय गरेको आरोप समेत लगाएको छ। तर वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने उद्योगी व्यापारीको सुरक्षालाई ध्यानमा राखेर साधारणसभा स्थगित गरिएको जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *