महासंघ इतिहासकै सबैभन्दा कमजोर : चन्द्र ढकाल

डिसी नेपाल
९ साउन २०७७ १५:५०

काठमाडौं । उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले महासंघ इतिहासकै कमजोर भएको बताएका छन्।

शुक्रबार पत्रकार सम्मेन गर्दै उनले महासंघले आगामी साउन २६ र २७ गते गरिने साधारणसभा स्थगन गरेर अर्को मिति तय समेत नगरिँदा इतिहासमा नै कमजोर भएको र कानूनीमात्र नभइ नैतिक र सामाजिक जगसमेत कमजोर बनाएको बताए।

कोरोनाका कारण पिडामा रहेका उद्योगी व्यवासायीहरुको घाउमा मलम लगाउन नसकेको महासंघले चुनाव सहितको साधारणसभा स्थगन गरेर आवश्यकता पर्दा केही नहुने संस्थाको औचित्य के ? भन्ने प्रश्न गरे।

उनी लगायत ४ जना पदाधिकारीले शुक्रबार बसेको महासंघको पदाधिकारी बैठकमा विहिबार भएको साधारणसभा स्थगन गर्ने निर्णयको विरुद्ध ‘नोट अफ डिसेन्ट’ लेखेका थिए।

उनले उद्योगधन्दाहरु स्वास्थ सम्बन्धी मापदण्ड लागु गरेर खोलेजस्तै महासंघको साधरणसभा पनि पूर्णरुपमा स्वास्थ्यसम्वन्धी मापदण्डहरु लागू गरेर सञ्चालन गरौं भनेका थिए। तर महासंघका संस्थापन पक्षले अहिले कोरोनाको महामारी र त्यसको त्रास झनै बढेको भन्दै स्थगत गरेको थियो।

उनले पत्रकार सम्मेलन महासंघका पदाधिकारीहरुले आफुलाई स्वास्थ्यभन्दा महासंघ ठूलो हुन सक्दैन भनेर मलाई हतोत्साही बनाएको बताए।

उनने भने ‘मैले साधारणसभा सम्भव छ भनेर अन्य देशमा भएको निर्वाचनको पनि उदाहरण दिएको थिए। जसले महासंघको गरिमा र विधिको पुर्ण पालना पनि हुन्थ्यो। तर त्यसो भएन उहाँहरुले जवरजस्त स्थगन गर्ने निर्णय गर्नुभयो।’

उनले पुरानो नेतृत्व आफ्नो जिम्मेवारीबाट पन्छिने र नयाँ नेतृत्वले जिम्मेवारी लिन नचाहने स्थितिका कारण संस्था नै वेवारिसे हुने अवस्था आएको बताउँदै उद्योगी व्यवासायीले अहिले अभिभावक विहिनको महसुस गरेको दावी गरे।

‘कोभिड १९ का कारण उद्योग व्यवासायीको गिरेको मानसिकताको समयमा साधारणसभा भएर नयाँ नेतृत्व आएमा नेतृत्वले कोरोनाबाट प्रभावित उद्यम, व्यापारलाई जोगाउन सरकार, नियामक निकायहरुसँग एउटा युनाइटेड भ्वाइस लगेर जान सकिन्थ्यो’। उनले भने।

उनले भने ‘जटिल परिस्थितिमा हामीलाई सबल, सक्षम र डाइनामिक नेतृत्वको आवश्यकता छ भनेर आवाज उठाएको मलाई पदमा पुग्न हतार भएको आरोप लगाए। साधारणसभाले मलाई कुनै व्यक्तिगत लाभ हुदैन।‘

उनले महासंघले पदाधिकारीको बैठक राखेर अनिश्चित कालका लागि चुनाव धकेलेको आरोप लगाउदै यसले महासंघमा गलत प्रवृत्तिको विकास भएको र ‘स्यालले कुखुरा लग्यो भन्ने भन्दा पनि स्याल पल्कियो’ भन्ने कुराले बढी पिरोलेको बताए ।
महासंघले साउन २६ र २७ गतेका लागि तय गरिएको साधारणसभाका लागि सहजीकरण गर्नका लागि सरकारलाई निवेदन दिएको र सरकारको जवाफ समेत नकुरी निर्णय भएको उनको आरोप छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *