२४ घण्टामा १३३ जनामा कोरोना पुष्टि, १०७ जना डिस्चार्ज

डिसी नेपाल
९ साउन २०७७ १६:२४
4
Shares

काठमाडौं । नेपालमा शुक्रबार १३३ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना संक्रमण देखिएको बताएका छन्।

योसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १८ हजार ३७४ पुगेको छ। जसमध्ये १२ हजार ९४७ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा १०७ जना निको भएर घर फर्किएका डा गौतमले बताए। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३८३ रहेको छ।

नेपालमा हालसम्म कोरोनाबाट ४४ जनाको मृत्यु भएको । यस्तै १९ हजार ४४४ जना क्वारेन्टिनमा रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *