पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग धमाधम मर्मत हुँदै (फोटो फिचर)

डिसी नेपाल
९ साउन २०७७ १७:५०

काठमाडौं। चितवन र धादिङ जोड्ने मोवाखोला पुलको एक छेउ भाग बाढिले बगाउँदा पृथ्वी राजमार्ग अबरुद्ध छ। गएको सोमबार बाढीले सडक–पुल भत्काएको हो । बाढिले पुलको एप्रोच सडकको १२ मिटर भाग बगाएको छ । अबरुद्ध सडक मर्मत गरेर यातायात सञ्चालनका लागि सो स्थानमा नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खटिरहेको छ।

हाल उक्त ठाउमा एकतर्फि बाटो सञ्चलन गरेर शुक्रबार मध्यान्हबाट हलुका सवारीसाधनहरु आवतजावत गर्न दिइएको छ। पुलको एक छेउको भाग बाढिले बगाउँदा सयौंका संख्यामा मालवाहक साधन तथा सवारी साधन चितवन र धादिङमा रोकिएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *