सुनिल थापासहितको टोली मंगलबार कांग्रेस प्रवेश गर्ने
काठमाडौं। हालै राप्रपा त्यागेका पूर्व पं्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा सुनिल थापासहितका राप्रपाका नेताहरु मंगलबार काँग्रेस प्रवेश गर्ने भएका छन्। थापासँगै काँग्रेसमा प्रवेश गर्न लागेका नेता किरण गिरीले मंगलबार दिउँसो तीन बजे नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा पार्टी प्रवेशको कार्यक्रम रहेको जानकारी दिए।
थापालाई काँग्रेस सहमहामन्त्री बनाएर पार्टीमा भित्र्याउन लागिएको काँग्रेस निकट स्रोतले जनाएको छ। उनीसँगै कांग्रेस प्रवेश गर्ने मध्येका पूर्वगृहराज्य मन्त्री विष्णुविक्रम थापा र बाबुराम बस्नेतलाई केन्द्रीय सदस्य बनाइने छ भने अरु तीनजनालाई आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरिने भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment