गौतमबुद्ध विमानस्थलका कर्मचारी ४ लाख रुपैयाँ घुससहित पक्राउ
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कर्मचारी ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयबाट खटिएको टोलीले विमानस्थलका कार्यालय सहयोगी विश्वनाथप्रसाद लोध र मतियार महेन्द्रप्रसाद यादवलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो।
जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने भन्दै उनीहरुले सेवाग्राहीसँग घुस मागेका थिए। घुस मागेको गुनासो आएपछि टोलीले उनीहरुलाई सेञ्न्चुरी कमर्सियल बैंक भैरहवाको परिसरबाट रंगेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारी जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment