उपत्यकाभित्र १५ जनामा कोरोना पुष्टि
काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले १५ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।
आज काठमाडौं जिल्लामा मात्रै १४ जना कोरानो संक्रमित भेटिएका छन् भने भक्तपुरमा एक जनामा कोरोना पुष्टि भएको छ। उपत्यकामा मंगलबार ५३ जनामा कोरोना देखिएको थियो।
मन्त्रालयले उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने खुलाएको छैन । देशभर बुधबार २१० जनामा कोरोना संक्रमण देखिएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment