अब कामपा सेवा एकै स्थानबाट

डिसी नेपाल
१५ साउन २०७७ ११:०७

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्ना सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने भएको छ। विभिन्न १३ विभाग रहेको कामपाले भूकम्पपछि ११ स्थानबाट सेवा प्रदान गर्दै आएको थियो। सेवाग्राहीको समस्यालाई ध्यान दिँदै आगामी दिनमा एकै स्थानबाट सेवा प्रदान गर्न लागेको कामपाको भनाइ रहेको छ । यसअघि कामपाले एकै स्थानबाट सेवा प्रदान गर्न भवन नभेटेको जनाउँदै विभिन्न स्थानमा छरिएर सेवा दिएको थियो।

आगामी दिनमा नेपाल ट्रष्टसँग भाडा सम्झौता गरी काठमाडौँ प्लाजामा सर्न बाटो खुलेसँगै सेवाग्राहीलाई सहज हुने भएको हो। ट्रष्ट र कन्सेप्ट डेभलपर्स प्रालिबीच भएको लिज÷भाडा सम्झौता २०७७ असार २ गते सकिएसँगै उक्त भवन भाडामा बस्नका लागि कामपालाई पनि सहज भएको छ । कामपाले अहिले मासिक भाडका लागि करिब २९ लाख खर्च गरिरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *