एकतोला सुनको मूल्य एक लाख नजिक

डिसी नेपाल
१५ साउन २०७७ १३:१०

काठमाडाैं। कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि बढेको छ।

बुधबार प्रतितोला रु ९८ हजार ५०० मा कारोवार भएको पहेँलो धातुमा आज रु ५०० ले वृद्धि भएको छ। आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९८ हजार ५६० निर्धारण गरिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज चाँदीको मूल्य रु २० ले घटेको छ। एकतोला सेतो धातुको मूल्य आज रु एक हजार २२५ निर्धारण भएको छ। कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो।

त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १९६२।१५ डलर कायम भएको छ। गत आइतबार सोही परिमाणको सुन १९०१।६० मा कारोवार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *