लकडाउन अवधिको घर भाडा नउठाउन सर्वोच्चको आदेश

डिसी नेपाल
१५ साउन २०७७ १८:०८

काठमाडौं। सर्वोच्च अदालतले लकडाउन अवधिभरको घरभाडा नउठाउन आदेश दिएको छ। बिहीबार सर्वोच्चका न्यायाधीशद्वय तजबहादुर केसी र कुमार रेग्मीको सँयुक्त इजलासले संघीय सरकार र सबै प्रदेश सरकारका नाममा उत्प्रेषण आदेश जारी गरेको हो।

ओबिसी महासंघका तर्फबाट गजेन्द्र ठाकुरले संघीय सरकार र सबै प्रदेश सरकारलाई विपक्षी बनाएर असाढ २१ गते सर्वोच्चमा दायर गरेको रिटमाथि बिहीबार सुनुवाई गर्दै सर्वोच्चले विपक्षीका नाममा घरभाडा नउठाउन आदेश दिएको हो।

सम्पूर्ण श्रमिकले यो अवधिमा आम्दानी नगरेकाले भाडा तिर्न नसक्ने भएकाले छुट दिनुपर्ने माग गर्दे ठाकुरले असार २१ गते सार्वजनिक सरोकारको रिट दायर गरेका थिए।
गएको चैत ११ गते शुरु भएको देश व्यापी लकडाउन यही साउन ६ गते अन्त्य भएको घोषणा गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *