सुन बरामद प्रकरण : दरबारमार्गका डीएसपीको सरुवा

डिसी नेपाल
१५ साउन २०७७ १८:३६

काठमाडौं। गएको मंगलबार राजधानीको कमलादीमा प्रहरीले अवैध सुन बरामद गरेको प्रकरणमा गम्भीर त्रुटि देखिएपछि विवादमा तानिएका दरबारमार्गका डीएसपी रञ्जन दाहालको काज सरुवा भएको छ। प्रहरीले मुख्यालय नक्सालले उनको काज सरुवा गरेको स्रोतले जनायो।

प्रहरीले शुरुमा कमलादीमा एक स्कार्पियोको पिछा गर्दा हतियार र झोला फालेर स्कार्पियो भागेको र सो झोलामा १५ किलोग्राम सुन भएको बताएको थियो। तर पछि प्रहरीले नै सो १५ किलोमध्ये आधार किलोग्राम सुन भएको र बाँकी चाँदी रहेको बताएको थियो।

यसपछि बिहीबार बिहान भने प्रहरीले सो सुन कमलादीमा नभई सुन्धारामा बरामद गरेको सीसीटीभी फुटेजमा देखिएको थियो। यो प्रकरणमा प्रहरीको भूमिका शंकास्पद देखिएपछि प्रहरीले छानविन समितिसमेत गठन गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *