आठ महिना प्रहरी हिरासतमा रहेर रिहा भयो कुखुराको भाले

डिसी नेपाल
१५ साउन २०७७ २०:५४

काठमाडौं । पाकिस्तानकाे सिंध प्रान्तमा एक कुखुराको भाले आठ महिना पुलिस हिरासतमा रहेर रिहा भएको छ। घोटमी जिल्लाको एक स्थानिय अदालतल हिरासतमा रहेको उक्त भालेलाई रिहा गर्ने आदेश दिएपछि प्रहरीले मालिकलाई बुझाएको हो।

सिंध प्रान्तका दुई थानामा पाँच कुखुराका भाले हिरासतमा रहेका थिए, जसमध्ये एउटा रिहा भएकाे छ। प्रहरीले ति कुखुरालाई एक भालेजुधाई खेलबाट नियन्त्रणमा लिएको थियो। प्रहरीले भालेसँगै उक्त खेलमा भाग लिएका मानिसहरुलाई पनि हिरासतमा लिएको थियो।

केही दिन पहिला स्थानिय जफर मिरानीले प्रहरी हिरासतमा रहेको आफ्नो भालेलाई रिहा गर्न अदालतमा अपिल गरेका थिए। उनले लामो समय कामले कराँचीमा रहेका कारण पहिला नै अपिल गर्न नसकेको बताएका थिए। अदालतले जफरको अपीललाई स्वीकार गरेर उक्त भालेलाई उनलाई सुम्पिन आदेश दिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *