ट्राफिक महाशाखामा कार्यरत दुई प्रहरीलाई कोरोना संक्रमण

डिसी नेपाल
१६ साउन २०७७ १०:१४

काठमाडौं। सुरक्षा निकायमा कोरोनाको संक्रमणदर बढिरहेका बेला महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएको छ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकालले दुई जनामा कोरोना संक्रमण देखिएको बताए। उनका अनुसार संक्रमण देखिएका दुई जनालाई आइसोलेशनमा राख्नका लागि बलम्बुसिथत अस्पतालमा पठाइएको छ।

महाशाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएपछि आन्तरिक व्यवस्थापनको काम सुरु गरिएको पनि उनले जानकारी दिए।

बिहीबारसम्म काठमाडौंसहित प्रहरी प्रधान कार्यालयका गरी ५३ प्रहरीमा कोरोना संक्रमण देखिसकेको थियो। प्रहरी प्रधानकार्यालयमा सवारी शाखामा कार्यरत प्रहरीलाई सबैभन्दा बढी कोरोना संक्रमण देखिएकाले अहिले सवारी शाखालाई सिल गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *