काेराेनाकाे जोखिम उच्च, फेरि लकडाउन !

डिसी नेपाल
१७ साउन २०७७ ७:२०

काठमाडौं। सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै मुलुकभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। संक्रमितको ंसंख्या बढेसँगै कोरोनाबाट हुने मृत्युदरसमेत बढेको छ। विशेषगरी सीमावर्ती क्षेत्रमा कोरोना संक्रमणको दर बढ्को छ। पछिल्लो समय वीरगंजमा संक्रमित र मृत्युदर बढिरहेको छ।

लकडाउन अन्त्य भएपनि सुरक्षा मापदण्ड अपनाउन सरकार र विज्ञले सुझाव दिँदै आएका छन्। तर सर्वसाधारणले सुरक्षा मापदण्ड नअपनाएको भन्दै विज्ञहरुले स्थिति भयावह हुन सक्ने चेतावनी दिएका छन्। कोरोना भाइरस समुदायस्तरसम्म नै फैलिन थालेको भन्दै केही समयको लागि फेरि लकडाउन गर्न सरकारमाथि दबाव बढ्दै गएको छ।

काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमणको संख्या दैनिक बढिरहेको छ। कोरोनाको केन्द्र काठमाडौं हुने चिन्ता विज्ञहरुले व्यक्त गरेका छन्। बाहिरी जिल्लाबाट काठमाडौं उपत्यकामा भित्रिनेमा कोरोना संक्रमण देखिएपछि गृहमन्त्रालयले साँझ सातदेखि विहान सातबजेसम्म काठमाडौं भित्रिन रोक लगाएको छ। काठमाडौमा संक्रमितको संख्या बढ्दै गएपछि लकडाउन लगाउन सरकारमाथि दबाव बढेको छ। अहिले पनि विभिन्न शहरहरुमा लकडाउन लगाउन थालिएको छ।

सावधानी नअपाए भयावह हुने चेतावनी

कोरोना संक्रमण समुदायमा फैलिइसकेको अनुमान गरिएको छ। तर सर्वसाधारणले सावधान अपनाउन छोडेपछि विज्ञहरुले भने स्थिति भयावह हुने सक्ने चेतावनी दिएका छन्। जनस्वास्थ्यविद रविन्द्र समिर सर्वसाधारणले देखाएको प्रतिक्रियाबाट आफू चिन्तित भएको बताउँछन्।

सर्वसाधारण गम्भिर नहुनाले कोरोना भाइरसको संक्रमण अन्य देशमा जस्तै भयावह हुन सक्ने भन्दै उनले सावधानी अपनाउन आग्रह गरेका छन्। उनले सुरुवाती दिनमा आवश्यक भन्दा धेरै डराएका सर्वसाधारण पछिल्लो समयमा अपनाउनु पर्ने जति सावधानी नअपाएको भन्दै चिन्ता व्यक्त गरे।

उनले भने, ‘हाल देखिएको भाइरस अलग प्रजातिको छ, सर्वसाधारण सचेत नहुने हो भने देशले अन्य देशले जस्तो अप्रिय घटना स्वीकार गर्नुहुन्छ। काठमाडौं उपत्यका, दैलेखलगायत तराईका केही जिल्लामा कोरोना संक्रमण बढ्दै गएको छ। सर्वसाधारण आफूलाई बचाउन तिर नजाने हो भने छोटो समयमा नै ठूलो क्षति व्यहोर्नु पर्छ।’

उनले थपे-उपत्यकामा कोरोनाको संक्रमण सरकारले देखाएको विवरण अनुुसार नभएको उनले दाबी गरे। उनले काठमाडौंमा कोरोना फैलिनुको मुख्य कारण नाका व्यवस्थित नहुनु भएको बताए। उनले भने, ‘उपत्यकामा कोरोना नियन्त्रण गर्नको लागि नाकामा थप कडाइ गरिएको छ, सोर्सफोर्समार्फत प्रवेश गरिएको पाइन्छ, त्यसलाई एकदमै ध्यान दिनु पर्छ।’

कोरोना फैलाउनबाट सबैभन्दा बढी सर्वसाधारणको ठूलो भूमिका हुने भन्दै डाक्टर समिरले भने, ‘कोरनालाई फैलन नदिनको लागि मास्सलाई उचित तरिकाबाट प्रयोग गर्ने, सामाजिक दुरीलाई कायम गर्ने विषयलाई विशेष ध्यान दिने, साबुन पानी, स्यानीटाइजरलाई सकेसम्म धेरैभन्दा धेरै प्रयोग गर्ने गर्नुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *