सुशान्त सिंह राजपुतकी गर्लफ्रेण्ड रिया चक्रवर्ती बेपत्ता !

डिसी नेपाल
१७ साउन २०७७ १२:३६

मुम्बइ। दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी गर्लफ्रेण्ड रिया चक्रवर्ती बेपत्ता भएकी छिन् । सुशान्तको मृत्युको विषयमा बिहार पुलिसले गरिरहेको अनुसन्धानको क्रममा अहम प्रमाण प्राप्त भएसँगै रिया बेपत्ता भएकी हुन् । पुलिसले रियाको मोवाइलमा पनि सम्पर्क गर्न सकिरहेको छैन । सूत्रको हवाला दिँदै दैनिक जागरण अखबारले लेखेअनुसार पुलिसले रियाविरुद्ध लुकआउट नोटिस जारी गर्ने तयारी गरिरहेको छ ।

यही बीचमा जाँचको लागि मुम्बइ गएको बिहार पुलिसको टिमलाई मुम्बइ पुलिसले गरेको असहयोगको विषयमा रणनीति तय गर्न बिहारका डिजीपी गुप्तेश्वर पाण्डेले बैठक गरेका छन् । बैठकपछि डिजीपी पाण्डेले महाराष्ट्रका डिजीपीलाई फोन गरेर यस विषयमा सहयोग मागेका छन् । बिहार पुलिको एसआइटीले रियालाई सोधपुछको लागि खोजिरहेको छ । पुलिससँग सोध्ने प्रश्नको सूची तयार छ । रिया बेपत्ता छिन्, उनको फोन अफ छ । शुक्रबार पनि पुलिसको टिम रियाको घर गएको थियो तर उनी घरमा थिइनन् । रिया यसरी अचानक बेपत्ता हुँदा सुशान्तको मृत्युमा उनको हात हुन सक्ने आशंकालाई बल पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *