काठमाडौं भित्रिने नाकामा हेल्थ डेस्क राखिने

डिसी नेपाल
१७ साउन २०७७ १८:४५

काठमाडौं। सरकारले काठमाडौैँ उपत्यका प्रवेश गर्ने तीन मुख्य नाकामा हेल्थ डेस्क राख्ने तयारी गरेको छ। उत्यकाबाहिरबाट आउने धेरै मानिसमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि सरकारले मुख्य नाकामा हेल्थ डेस्क राख्ने तयारी गरेको हो। उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम बढेको र नाकाबाट आउनेहरुको स्वास्थ्य निगरानी गर्नैपर्ने भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ डेस्क राख्ने तयारी गरेको छ।

मन्त्रालयका अनुसार काठमाडौंको थानकोट नागढुंगा नाका, फर्पिङ नाका र भक्तपुरको साँगा भन्ज्याङ नाकामा हेल्थ डेस्क राख्ने तयारी अघि बढाएको छ। हाल यी नाकामा कोरोना स्क्रिन मात्रै हुँदै आएको र अब हेल्थ डेस्क नै राख्ने तयारी भएको मन्त्रालयलका सह प्रवक्ता डा समीर अधिकारीले जानकारी दिए।

नाका हेल्थ डेस्क स्थापना गरिसकेपछि यात्रुको सामान्य स्वास्थ्य जाँच गर्ने र कोरोना शंकास्पद तथा लक्षण देखिएकाहरुलाई छुट्टै राखेर आइसोलेसनमा पठाउनेसम्मको योजना बनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *