निको भए अमिताभ बच्चन, अस्पतालबाट डिस्चार्ज

डिसी नेपाल
१८ साउन २०७७ १८:४०

काठमाडौं । कोरोना संक्रमित बलिउड अभिनेता अमिताभ बच्चन निको भएर घर फर्किएका छन्। अमिताभको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै उनी डिस्चार्ज भएका हुन्।

अमिताभले पनि ट्वीट गरेर आफूलाई कोरोना नेगेटिभ आएको जानकारी दिएका छन्। अमिताभले नानावटी अस्पतालका कर्मचारीको प्रशंसा गरेका छन्।


यस्तै छोरा अभिषेकले ट्वीटरमार्फत अमिताभले कोरोनालाई जितेको जानकारी दिएका छन्। उनले चिकित्सक, फ्यानलगायत सबैलाई धन्यवाद दिँदै अमिताभ अब घरमै आराम गर्ने उल्लेख गरेका छन्।

अमिताभलाई दुई साताअघि कोरोना संक्रमण देखिएको थियो। उनीसँगै उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या, नातिनी आराध्यालाई पनि संक्रमण देखिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *