सिन्धुपाल्चोक पहिरो : दश जनाको शव फेला, घाइतेलाई काठमाडौं ल्याइयो
काठमाडौं। सिन्धुपाल्चोकको मेलम्चीमा सोमबार विहान गएको पहिरोमा पुरिएर बेपत्ता भएका आठ जनामध्ये आठै जनाको शव फेला परेको छ। गएराति मेलम्ची –११ मेलम्ची बजारमा पहिरोले घर पुरिँदा ८ जना वेपत्ता भएका थिए भने एक जनाको जीवितै उद्धार गरिएको थियो।
घाइतेलाई हेलिकप्टरमार्फत राजधानी ल्याइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए।
‘पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये आठ जनाको शव फेला परेको छ,’ प्रजिअ ढकालले डिसी नेपालसँग भने, ‘एक जना घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ। सात जनाको शव फेला परिसकेको छ।’
प्रजिअ ढकालका अनुसार सोमबार विहान सिन्धुपाल्चोकको पाँच पोखरीमा पहिरोले पुरिएर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment