एनआरएन इन्फ्रास्टक्चरको आईपीओमा आवेदन दिने म्याद एक दिन बाँकी, मंगलबारसम्म ४ गुणा वढी आवेदन

डिसी नेपाल
२० साउन २०७७ १८:५७

काठमाडौं एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओमा एक अर्ब ४० करोड रुपैयाँ बराबरको आवेदन परेको छ। यो रकम माग भएको भन्दा ४.४४ गुणा बढी हो। आईपीको आवेदन दिने म्याद बुधबार साँझ ५ बजेसम्म छ।

सो आइपीओका बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार मंगलबारसम्ममा ३ लाख ३४ हजार २९२ जना आवेदकबाट एक अर्ब ४० करोड ५३ लाख ७६० हजार रुपैयाँभन्दा बढीको एक करोड ४० लाख ५३ हजार ७६० कित्ता सेयर माग गरी आवेदन परेको छ।

कम्पनीले गत शुक्रबारदेखि आइपीओ बिक्रीमा ल्याइएको थियो। कम्पनीले ३१ लाख ६० हजार १८३ कित्ता सेयरका सर्वसाधरणका लागि आवेदन माग गरेको थियो।

कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयर निष्काशन गरेको थियो। कम्पनीले निष्काशन गरेको सेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता साधारण सेयर सामूहिक लगानी कोषको लागि छुट्टाएको छ भने बाँकी २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ।

कम्पनीको सेयरमा साउन २१ गते भित्र न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ। साधारणसेयरको आवेदन दिन जुनसुकै बैंक वा मेरो सेयरबाट पनि सक्नेछन्।

कम्पनीको आईपीओमा इक्राले ४ रेटिङ दिएको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *