जुत्ता चोर्ने अनौठो स्याल

डिसी नेपाल
२१ साउन २०७७ ६:४६

एजेन्सी। ‘स्याल कराउनु गाउँबाट कुखुरो हराउनु ’ भन्ने नेपाली उखान त प्रायशः सुनिएकै हो। तर जर्मनीमा भने हालै कुखुरा होइन जुत्ता र चप्पल चोर्न पल्केका एउटा स्याल भेटिएको छ। केही साता देखि जेलेन्ड्रोफका वासिन्दा राति राति आफ्ना बगैंचा र आँगनबाटै चप्पल र स्पोर्टस सुज हराउने गरेकाले दिक्क थिए। तैपनि चोर पक्रिन सकेको थिएन।

दैनिक अखवार टाजेस्सपिजेलका अनुसार अन्तत एकदिन एकजना स्थानीय वासिन्दाले अनौठो शौख भएको त्यो स्यललाई मुखमा एकजोर निलो रंगको चप्पल च्यापेर हिडेको रंगेहात भेटाएका थिए।

त्यो स्यालले लाकाएर राखेको स्थानबाट एकसय जोर भन्दा बढि जुत्ता भेटिएपनि ति व्यक्तको हराएको जुत्ता भने नभेटिएको बताइएको छ।टाजेस्सपिजेलका सम्पादक फेलिक्स ह्याकनब्रचले समाचारको पुष्किा लागि प्राप्त प्रमाणका तस्वीरहरु ट्विटरमा पोस्ट गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *