ग्राहकले पुरुष वेश्यालाई यौन सम्बन्धको उधारो नतिरेपछि…

डिसी नेपाल
२३ साउन २०७७ १३:२२

काठमाडौं। एक समलिंगी पुरुषले पुरुष यौनकर्मी बोलाएर आफ्नो यौन प्यास मेटाउँथे । तर, उनले २ जना पुरुष यौनकर्मीलाई यसबापत तिर्नुपर्ने पैसा नतिरेर उधारो राखेका थिए । ग्राहकले लामो समयसम्म उधारो नतिरेपछि ती दुई यौनकर्मी पुरुषले उनलाई लुटे । भारतको राजधानी दिल्लीमा भएको यो घटनामा दिल्ली पुलिसले दुवै पुरुष यौनकर्मीलाई पक्राउ गरेको इण्डिया टुडेले जनाइएको छ । पुलिसले उनीहरुबाट २ वटा मोवाइल फोन, एउटा सुनको सिक्री र चोरीको स्कुटर बरामद गरेको छ ।

जुलाइ ३० मा एक व्यक्तिले दिल्ली पुलिसमा आफ्नो मोवाइल फोन र सुनको सिक्री लुटिएको भन्दै उजुरी दिएका थिए । उजुरीकर्ताले जुलाइ २९ मा रवि (परिवर्तित नाम) ले उनलाई एक आफन्तको घरमा भेटेको र काम मागेको उल्लेख गरेका थिए । उजुरीकर्ताले रविलाई आफ्नो कम्पनीको ट्रेनिङ सेन्टरमा बोलाए । ३० जुलाइमा रवि अर्का एक व्यक्ति सुनिल (परिवर्तित नाम) सँग ट्रेनिङ सेन्टरमा आए तर कुनै पनि कागजात ल्याएका थिएनन् ।

यद्यपि रविले कम्पनीको डिलरशिपमा रुचि देखाउँदै आफ्ना एक आफन्तले कम्पनीको डिलर बन्न चाहेको बताए । त्यसपछि रवि र सुनिल उजुरीकर्ताको घरमा आए । घरमा उजुरीकर्ताले कपडा फेर्न लागेको बेलामा दुवैले उनलाई कुटपिट गरेर उनका २ मोवाइल फोन, सुनको सिक्री र ४२ हजार नगद लुटेर भागेको उजुरीकर्ताले लेखेका थिए । दिल्ली पुलिसले उजुरीका आधारमा दुवै आरोपीलाई पक्राउ गरी २ मोवाइल फोन, सुनको सिक्री र चोरीको स्कुटर बरामद गरेको थियो ।

दुवैलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएपछि पुलिसले उजुरीकर्ता र दुवै आरोपी लामो समयदेखि परिचित रहेको थाहा पायो । खासमा ती उजुरीकर्ताले ती २ पुरुष यौनकर्मीलाई समलिंगी यौन सम्बन्धको लागि बोलाउँथे । त्यस दिन उनले ती २ यौनकर्मीको सेवा लिएर पैसा नदिएपछि उनीहरुले सम्झौताअनुसार उनलाई लुटेको पुलिसले बताएको छ ।

‘अनुसन्धानको क्रममा आरोपीमध्येका एकले आफू पुरुष यौनकर्मीको रुपमा काम गर्ने र उजुरीकर्ताले आफूलाई पहिलेदेखि नै चिनेको खुलासा गरे । उनीहरु यौन सम्बन्धको लागि मायापुरीमा भेट्ने गर्थे । घटनाको दिन पनि उजुरीकर्ताले ती आरोपीलाई बोलाएर यौन सम्बन्ध राखेका थिए तर उनले पैसा दिएनन् र पहिलेको उधारो पनि तिर्न मानेनन्’ पुलिसको वक्तव्यमा भनिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *