राष्ट्रिय सभाका चारवटै विषयगत समितिका सभापति निर्विरोध निर्वाचित
काठमाडाैं। राष्ट्रिययसभा अन्तर्गतका समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन्।
सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भागबण्डा गरेर समितिको सभापतिमा उम्मेदवारी दिएका थिए। नेकपा सांसद पशुराम मेघी गुरुङले विधायन व्यवस्थापन समितिको सभापतिमा निर्विराेध भएका छन्। उनी यसअघि पनि सोही समितिको सभापति थिए।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा राष्ट्रपतिबाट मनोनित सांसद रामनारायण विडारी निर्वाचित भएका छन्। उनी पनि यसअघि सोही समितिको सभापति थिए।
दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट निर्वाचित भएकी छन्। भट्ट काँग्रेस सांसद हुन्। उनी पनि यसअघि सोही समितिको सभापति थिइन्।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा नेकपा सांसद दिलकुमारी रावल थापा निर्वाचित भएकी छन्। उनी पनि यसअघि सोही समितिकी सभापति हुन्। राष्ट्रिय सभाका विषयगत समितिको सभापतिको कार्यकाल दुई वर्षको हुनेगर्छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment