उपत्यकामा थप १०६ जनामा कोरोना पुष्टि, काठमाडौंमा मात्रै ८८ जना

डिसी नेपाल
२३ साउन २०७७ १६:४२
8
Shares

काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप १०६ जनामा कोरोना संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा मात्रै ८८ जनामा कोरोना पुष्टि भएको छ। यस्तै ललितपुरमा १० र भक्तपुरमा ८ जनामा करोना पुष्टि भएको छ। संक्रमितको ठेगाना भने खुलाइएको छैन्।

उपत्यकामा बिहिबार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। आज देशभर ४६४ जनामा कोरोना पुष्टि भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *