क्वारेन्टिनमा बसेकी युवतीले आत्महत्या गरिन्
काठमाडौं। कार्भेको बेथानचोक गाउँपालिकाको एक क्वारेन्टिनमा बसेकी युवतीले शुक्रबार आत्महत्या गरेकी छन्।
काभ्रेका एसपी रवीराज पौडेलले दुबईबाट आएर क्वारेन्टिनमा बसेकी २१ वर्षीया सोनी लामाले आत्महत्या गरेको डिसी नेपाललाई जानकारी दिए। प्रहरीका अनुसार उनी क्वारेन्टिन बसेको शुक्रबार ६ दिन भएको थियो। के कारणले आत्महत्या गरिन् भन्नेबारे प्रहरीले अनुसन्धान गर्ने एसपी पौडेलले जानकारी दिए।
प्रहरीका अनुसार पोष्मार्टमका लागि शवलाई धुलिखेल अस्पताल ल्याइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment