नेपालका लागि ईजरायली राजदूतकी श्रीमतीको पुस्तक सीतापाइला प्रकाशित

डिसी नेपाल
२३ साउन २०७७ २२:२३

काठमाडौं। ईजरायली राजदूत आरोन मेयरकी श्रीमती नेइचु मेयरद्वारा लिखित पुस्तिका ‘सीतापाइला’ प्रकाशित भएको छ। पुस्तिकामार्फत् राजदूत पत्नीले नेपाल (काठमाडौंस्थित सीतापाइला’ मा रहँदा आफ्नो बच्चाले गरेको अनुभवलाई दर्शाउने जमर्को गरेकी छन्।

नेपाल–ईजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा नेपाल बसाईका अनुभूति समेटी नेपाललाई सम्झदै पुस्तिकाको रुप दिने मेचु मेयर अनुभूत गर्ने उनको छोरा शोहनलाई नेपाली राजदूतावासले हर्जलियास्थित राजदूतको निवासमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ। कार्यक्रममा मेयर परिवारका साथै ईजरायली परराष्ट्र मन्त्रालयको नेपाल हेर्ने महाशाखाका प्रमुख गिलार्ड कोहेन तथा मन्त्रालयका अन्य अधिकारीहरु, नेपालका लागि राजदूत हनान गोदर, ईजरायलमा अध्ययनरत–कार्यरत नेपाली डाक्टरहरु, नेपाल–इजरायलका मित्रलगायत भारतीय दूतावासबाट समेत गरी करिब ३० जनाको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित व्यक्तित्वहरुलाई स्वागत गर्दै ईजरायलका लागि नेपाली राजदूत डा अन्जान शाक्यले पुस्तिकाकी लेखिका तथा बच्चालाई सम्मान गरिन्। सँगसँगै पुस्तककी लेखिका, उनका श्रीमान र नेपालका लागि ईजरायली राजदूतलाई सम्मान गरिन्। राजदूत डा शाक्यले पुस्तिका प्रकाशनका लागि लेखिकालाई धन्यवाद दिइन्। साथै, नेपालको कुनै ठाउँ विशेषको नाममा लेखिएको यस कृतिले नेपाल–ईजरायल सम्बन्धमा एउटा इट्टा अवश्य थप्ने विश्वास व्यक्त गरिन्।

दुई देशहरूबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा सम्मान कार्यक्रम आयोजना गर्न पाएकोमा राजदूत शाक्यले खुशी व्यक्त गरिन्।
सम्मानित भएकोमा खुशी हुँदै नेइचुले भूकम्प, हिमपहिरो, सवारी दुर्घटना लगायतका केही दुखःद परिस्थितिका बाबजुद समग्रमा आफ्नो नेपाल बसाइलाई सकारात्मक रुपमा स्मरण गरिन्। नेपालमा रहँदाको अनुभवलाई बच्चाको आँखाबाट हेरी लेखिएको पुस्तिकाका कुराहरुलाई राजदूत हानान गोदारले अभिनयसहित रोचक ढंगमा प्रस्तुत गरे।

ईजरायली परराष्ट्र मन्त्रालयको नेपाल हेर्ने महाशाखाका प्रमुख गिलार्डले अहिले नेपाल र ईजरायलको सम्बन्ध उच्च रहेको तथा धेरै सहकार्यहरु अघि बढने बिश्वास दिलाए। अहिले नेपाल एम्बेस्सीको कार्यहरुबाट खुशी भएर ईजरायली परराष्ट्र मन्त्रालय अवार्डको लागि नेपाली राजदूतको नाम सिफारिस गरेको उनले बताए।

पूर्व राजदूत मेयरले आफ्नो संगिनिले नेपाललाई सम्झदै पुस्तक निकालेमा खुशी हुदै, यो पुस्तकले नेपालको सम्झना दिलाइरहने, नेपालसंगको घनिष्ठता ईजरायलको अझ बढने साथै फेरि नेपाल जाने ईच्छा व्यक्त गरे। सो कार्यक्रमका क्रममा सांगितिक प्रस्तुति समेत राखिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *