‘हेर यो मुटुमा’ चिरञ्जिवीको अभिनय, भिडियो सार्वजनिक
काठमाडौं। टिकटकबाटै हिट भएको गित ‘हेर यो मुटुमा चिरा पर्या छ’मा चिरन्जिवी सापकोटा र रोश्नी कार्कीले अभिनय गरेका छन्।
बादल थापाको शब्द संगित र स्वर रेहेका गित यस अघि अडियो बजारमा आएको थियो। बजारमा अडियो आएपछि सामाजिक सञ्जाल टिकटकमा अधिकांशको रोजाइमा परेको थियो।
सामाजिक सञ्जालमा रुचाइएकोले अडियोलाई न्याय दिन भिडियो पनि निर्माण गरेको चिरञ्जिवी सापकोटा बताउछन्। दुई अक्षरको मायाले मानिसको जीवनमा कतिसम्मको असर पार्छ भन्ने भाव गितले बोलेकोले त्यसलाई आफुहरुले अभिनयबाट दर्शकका माझमा देखाएको जिरञ्जिवीको भनाई रहेको छ।
म्युजिक भिडियोको निर्देशन सिर्जन बरालले गरेका छन । सम्पादन दिनेश शाहले गरे भने ज्ञानेन्द्र शर्मा हुमागाईँले आफ्नो शिल्प क्यामेरामा देखाएका छन।
गितको एरेञ्जर विश्वास नेपालले गरेका छन भने रेकडिस्ट सुमन राना रहेका छन्। कुमार रानाले मिक्सिङ गरेको गित मारुनी रेकडिङ स्टुडियोमा रेकर्ड भएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment