रिया चक्रवर्तीको सम्पत्ति विवरण सार्वजनिक, कमाइको स्रोत छैन सम्पत्तिमा अत्याधिक वृद्धि

डिसी नेपाल
२६ साउन २०७७ १४:४७

मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युका विषयमा भइरहेको अनुसन्धानका क्रममा प्रवर्तन निर्देशनालयले आज उनकी गर्लफ्रेण्ड रिया चक्रवर्ती र उनको परिवारसँग सोधपुछ गरिरहेको छ । यही बीचमा रियाको केही सम्पत्ति विवरण सार्वजनिक भएको छ । यो सम्पत्ति विवरण रियाको सम्पत्तिको एक अंश मात्र हो । यद्यपि यही सम्पत्ति पनि कमाइको तुलनामा अस्वभाविक तरिकाले बढेको देखिएको छ ।

इण्डिया टुडेले सार्वजनिक गरेको रियाको इन्कम ट्याक्स रिटर्नसमा आर्थिक वर्ष २०१७–१८ र २०१८–१८ मा रियाको कमाइमा अस्वभाविक वृद्धि भएको देखिएको छ तर कमाइको स्रोत देखिएको छैन । अहिले प्रवर्तन निर्देशनालयले यही कमाइको स्रोतको जाँच गरिरहेको छ । रियाले कैयौं कम्पनीमा लगानी गरेकी छिन् र यो लगानी उनको कमाइको तुलनामा अत्यन्तै धेरै देखिएको छ ।

आर्थिक वर्ष २०१७–१८ मा रियाको कमाइ कर नकाटेर १८ लाख थियो जसमा पछि सरकारले कर काट्छ । रियाले २०१८–१९ मा पनि आफ्ना कमाइ १८ लाख नै देखाएकी छिन् । यो १८ लाखमा सरकारले कर काटेपछि बाँकी रहेको रकम मात्र रियाको खुद कमाइ हो । यति कमाइ भएकी रियाको फ्ल्याटका सामान २०१८–१९ को आर्थिक वर्षमा ९६ हजारबाट बढेर ९ लाख मूल्यका पुगेका छन् ।

यही बीचमा रिया कैयौं कम्पनीको शेयर होल्डर पनि बनेकी छिन् । २०१७–१८ मा मात्र उनले ३४ लाख मूल्यको शेयर किनेकी छिन् जुन उनको वर्षभरीको कमाइको दोब्बर मूल्य हो । यसबाहेक उनका अन्य खर्चहरु पनि ठूला थिए । ती खर्चको लागि पैसा कहाँबाट आयो भन्ने रियाले बताउन सकेकी छैनन् । अर्को वर्ष उनको शेयर ४२ लाख पुगेको छ । यो खुलासा भएका कम्पनीको शेयर मात्र हो । यसबाहेक एचडीएफसी बैंक र आइसीआइसीआइ बैंकमा रियाको मुद्दती खातामा पनि ठूलो रकम भएको पाइएको छ । रकम कति छ भन्ने खुलासा भइसकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *