लगानी बोर्डमा विवादास्पद नियुक्ति खारेज गर्न ट्रान्सपरेन्सी नेपालको माग
बाेर्डमा नियुक्त भट्ट
काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले हालै सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा विवादित व्यक्तिलाई नियुक्त गरेकामा आपत्ति जनाउँदै खारेज गर्न माग गरेको छ। टीआई नेपालका अध्यक्ष खेमराज रेग्मीले सोमबार विज्ञप्ति जारी गरी विवादास्पद छवि बनाएका व्यक्तिलाई नियुक्त गरेको खबरले संस्थाको ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। सरकारले बाेर्डमा सुशील भट्टलाई नियुक्त गरेकाे थियाे।
“विश्वभरिका लगानीकर्ताको विश्वास आर्जन गरेर मुलुकमा राष्ट्रिय महत्वका ठूला विकास निर्माणका आयोजना भित्र्याउन सक्ने योग्य, इमान्दार र विश्वसनीय व्यक्तिको छनोट गरी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुपर्नेमा नागरिकस्तरमा आलोचित व्यक्तिलाई नियुक्त गरिनु अत्यन्त आपत्तिजनक विषय हो”, विज्ञप्तिमा भनिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment