पाण्डे सेनाको उपरथीमा बढुवा
काठमाडौं। सरकारले नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डेलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहायकरथी पाण्डेलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। पाण्डे हाल सुर्खेतस्थित उत्तर पश्चिम पृतनाको निमित्त पृतनापतिमा कार्यरत छन्।
त्यसअघि पाण्डे सेनाको जनसम्पर्क निर्देशनालयको निर्देशक तथा प्रवक्ताको जिम्मेवारीमा थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment