खानेपानी मन्त्री बिना मगर होम क्वारेन्टिनमा !, मन्त्रिपरिषद् बैठकमा अनुपस्थित

डिसी नेपाल
२६ साउन २०७७ २३:२३

काठमाडौं। खानेपानी बिना मगर होम क्वारेन्टिनमा बसेकी छन्। स्रोतका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनी अनुपस्थित रहिन्। सोमबार मन्त्रिपरिषद् बैठकमा सहभागी एकमन्त्रीका अनुसार मन्त्री मगर क्वारेन्टिनमा बसेकाले मन्त्रिपरिषद् बैठकमा नआएको हुनसक्छ।

मन्त्री मगर प्रचण्ड निवास खुमलटारमा बस्दै आएकी छन्। केही दिनअघि मात्र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको थियो। त्यसपछि प्रचण्ड निवासमा बस्ने सबैले कोरोना परीक्षण गराएका थिए। सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको बताइएको थियो। तर, त्यसपछि प्रचण्डले पनि राजनीतिक भेटघाट गरेका छनैन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *