सुशान्तका पिताले रिया र उनका सहयोगीलाई बिन्ती नै गरेका थिए तर…

डिसी नेपाल
२७ साउन २०७७ ८:४९

मुम्बइ। सुशान्त सिंह राजपुतको मृत्युको कारणका विषयमा अनुसन्धान भइरहेको छ । सोमबार प्रवर्तन निर्देशनालय (इडी)ले रिया चक्रवर्तीसँग दोस्रो चरणको सोधपुछ गरेको छ । आज यो केसमा अहम सुनुवाइ हुँदैछ । सुशान्तका पिता केके सिंहले बिहार पुलिसमा दर्ता गरेको उजुरी मुम्बइ स्थानान्तरण गर्नको लागि रिया चक्रवर्तीले सर्वोच्च्च अदालतमा दिएको निवेदनमा आव फैसला आउँदैछ । यो फैसलासँगै यसको बाँकी अनुसन्धान सीबीआइले गर्ने कि पुलिसले भन्ने पनि प्रस्ट हुनेछ । यसका अलावा सर्वोच्च अदालतले बिहार, महाराष्ट्र, केन्द्र सरकार र सुशान्त सिंह राजपुतका पिताले पेश गरेको जवाफमा पनि फैसला सुनाउँदैछ ।

यही बीचमा सुशान्तका पिताले आफूलाई सुशान्तसँग कुरा गर्न दिन रिया चक्रवर्ती र उनका सहयोगीलाई बिन्ती नै गरेको तर उनले छोरासँग कुरा गर्न नपाएको खुलासा भएको छ । २०१९ को अन्तिममा सुशान्तका पिताले आफूलाई सुशान्तसँग कुरा गर्न दिन रियासँग बिन्ती नै गरेका थिए । २९ नोभेम्बर २०१९ मा पठाइएको ह्वाट्सएप म्यासेजमा सुशान्तका पिताले लेखेका थिए ‘जब तिमीलाई थाहा भयो कि म सुशान्तको पिता हुँ, कुरा किन गरिनौ ? आसखर कुरा के हो ? साथी बनेर उनको हेरचाह र उपचार गराइरहेकी छौ भने मेरो पनि कर्तव्य हो कि सुशान्तको बारेमा सबै जानकारी मलाई पनि होस् । त्यसैले फोन गरेर मलाई पनि सबै जानकारी देउ ।’

सुशान्तका पिताले उनकी बिजनेस म्यानेजर श्रुती मोदीलाई पनि ह्वाट्एप म्यासेज गरेका थिए । उनले लेखेका थिए ‘मलाई थाहा छ कि सुशान्तको सबै कामहरु तिमी हेर्छौ । ऊ अहिले कस्तो स्थितिमा छ, यसैको लागि कुरा गर्न चाहन्थें । सुशान्तसँग कुरा हुँदा उनले म धेरै चिन्तित छु भनेका थिए । अब तिमी सोच कि एक पितालाई उसको लागि कति चिन्ता होला ? त्यसैले तिमीसँग कुरा गर्न चाहिरहेको थिएँ । अब तिमी कुरा नै गरिरहेकी छैनौ भने म मुम्बइ आउन चाअन्छु । फ्लाइटको टिकट पठाइदेउ ।’ यो म्यासेज १९ नोभेम्बर २०१९ मा पठाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *