सुशान्तकी बिजनेस म्यानेजरको सनसनीपूर्ण बयान ! जेल पुग्न सक्छिन् रिया

डिसी नेपाल
२७ साउन २०७७ १४:२८

मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको विषयमा अनुसन्धान भइरहेको छ । अनुसन्धानकै क्रममा प्रवर्तन निर्देशनालयले सुशान्तकी पूर्व बिजनेस म्यानेजर श्रुती मोदीको बयान लिएको छ । श्रुतीले सोमाबार प्रवर्तन निर्देशनालय कार्यालयमा गएर आफ्नो बयान रेकर्ड गराएकी थिइन् । यस क्रममा उनले निकै सनसनीपूर्ण खुलासा गरेको इण्डिया टुडेले लेखेको छ ।

श्रुतीका अनुसार सुशान्तको जीवनमा आएसँगै रियाले सबै कुरा कब्जा गरेकी थिइन् । रियाले नै सुशान्तका हरेक कुराको निर्णय गर्थिन् । सुशान्त पूर्ण रुपमा रियाको कब्जामा थिए र उनी कुनै पनि कुरा आफूले निर्णय गर्न पाउँदैनथे । श्रुतीले यस विषयमा कैयौं उदाहरणहरु पनि दिएको बताइएको छ । सुशान्तले कुन फिल्म गर्ने वा नगर्ने, त्यसको लागि कति पारिश्रमिक लिने भन्ने विषय सबै रियाको हातमा हुन्थ्यो । सुशान्तले आफ्नो इच्छाले चाहेर कुनै फिल्म गर्न वा छोड्न पाउँदैनथे । कति पारिश्रमिक लिने भन्ने पनि रियाकै हातमा हुनथ्यो र उनको सबै आर्थिक कारोबार पनि रियाकै हातमा हुन्थ्यो ।

सुशान्त र रियाको पहिलोपटक भेट हुँदा श्रुती सुशान्तकी बिजनेस म्यानेजर थिइन् । त्यसपछि श्रुती गएको फेब्रुअरीसम्म सुशान्तको सम्पर्कमा थिइन् । त्यसपछि भने उनी सुशान्तसँग धेरै सम्पर्कमा थिइनन् । श्रुतीका यी खुलासाले रियाले सुशान्तमाथि पूर्ण रुपमा कब्जा जमाएको संकेत गर्छन् । सुशान्तका पिता केके सिंहले पनि आफ्ना छोरालाई रियाले कब्जा गरेको प्रहरीमा दिएको उजुरीमा उल्लेख गरेका छन् । सुशान्तका पिताले रियालाई ह्वाट्सएप म्यासेज पठाएर पनि आफूलाई सुशान्तसँग कुरा गर्न दिन बिन्ती गरेको भर्खरै सार्वजनिक भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *