काँग्रेसलाई युवाको पार्टी बनाउनुपर्छ : महामन्त्री कोइराला
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काँग्रेसलाई युवाको पार्टी बनाउनुपर्ने बताएका छन्। आज आफ्नै निवास महाराजगञ्जमा आयोजित ‘पार्टी प्रवेश’ कार्यक्रममा उनले काँग्रेसलाई युवाको पार्टी बनाउनुपर्ने बताएका हुन् । महामन्त्री कोइरालाले भने, “काँग्रेसमा युवा प्रवेश गरेर पार्टीमा नयाँ ऊर्जा थपिएको छ, यो ऊर्जालाई खेर जान दिनु हुँदैन ।”
मुलुकलाई राजनीतिक, आर्थिक र विकासको दृष्टिकोणले सक्षम बनाउन काँग्रेसको विजयी आवश्यक रहेको उल्लेख गर्दै उनले वर्तमान सरकारको कार्यशैलीप्रति जनतामा अविश्वास जागेको बतान। उनले अन्याय र अत्याचारको विरुद्धमा युवाले आवाज उठाउनुपर्ने बेला आएको पनि बताए।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे, जीवन परियार, काँग्रेस रामेछापका जिल्ला सभापति लवश्री न्यौपाने, काँग्रेस रामेछापका पूर्वसभापति रामचन्द्र खड्कालगायतको सहभागिता रहेको थियो ।
सोही अवसरमा रामेछाप दोरम्बा गाउँका करिब तीन दर्जन युवा विभिन्न पार्टी छोडेर नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई महामन्त्री कोइरालाले माला, खादाद्वारा सम्मान गरेका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment