संजय दत्तलाई क्यान्सर, उपचारका लागि अमेरिका जाँदै

डिसी नेपाल
२७ साउन २०७७ २३:४६
8
Shares

काठमाडौं। बलिउड अभिनेता संजय दत्तलाई क्यान्सर भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार उनलाई फोक्सोको क्यान्सर भएको छ र उनी छिटै उपचारका लागि अमेरिका जाने तयारीमा छन्।

दत्त गएको शनिबार मुम्बईको लिलावती अस्पतालमा भर्ना भएका थिए। उनी स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल पुगेका थिए। र उनको कोरोना पनि परीक्षण भएको थियो। तर, उनलाई कोरोना संक्रमण भने देखिएन।

संजय दत्तले केही समयमा लागि कामबाट बिदा लिएको सामाजिक सञ्जालमा लेखेका छन्। उनले उपचारका लागि कामबाट बिदा लिएको बताएका छन्। बलिउडका उनका मित्रहरुले उनको स्वास्थ्य लाभको कामना गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *