मुगुमा जिप दुर्घटना: १ जनाको मृत्यु १० जना घाइते

डिसी नेपाल
२८ साउन २०७७ १९:३३

मुगु। बुधबार दिउसो जिल्ला सदरमुकाम गमगढीबाट जिल्लाकै सोरु गाँउपालिकास्थित तारापानीतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा गाडीमा सवार १ जना यात्रुको मृत्यु हुनका साथैै १० जना घाइते भएका छन्। दुर्घटना दिउँसो करिब सवा ४ बजे भएको प्रहरीले जनाएको छ।

सोरु गाँउपालिकातर्फ जाँदै गर्दा छायाँनाथ रारा नगरपालिका वडा नं ३ निगाले गाँउ नजिकै (साधेपानी भन्ने स्थानमा) क १ ज ३२ नम्बरको बलेरो जिप सडकबाट अन्दाजी १०० मिटर तल खसेको हो। गाडीमा रहेका चालक सहित १० जना घाइते भएका छन्।

छायाँनाथ रारा नगरपालिका वडा नं १३ रुगा गाँउका १८ वर्षीय धर्म लावडको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरुमा जुम्लाा सिंजा गाँउपालिका घर भै हाल कोहलपुर सोतयामा बस्दै आएका चालक खेमराज हमाल ,सोरु गाउपालिका ८ रुमका सिद्ध रावल, विर्षना रावल, टेकराज रावल, सोही गाउँपालिका वडा नं ५ नेरका सुरेश शाही, राज बहादुर शाही ,वडा नं ९ कालैका रघु विटालु, भक्त लावड, वडा नं ३ कमलराज बुमी र वडा नं ७ ख्यालचका रुपलाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए।

घाइतेहरु मध्ये केहीको हाल जिल्ला अस्पताल मुगुमा उपचार भैरहेको छ। सोरु गाउपालिका वडा नं ५ का वर्ष ६२ का राज बहादुर शाही र वडा नं ७ रुपलाल बुढाको अवस्था गम्भीर भएकाले जिल्ला बाहिरका सुविधा सम्पन्न अस्पतालहरुमा उपचार गर्नका लागी रिफर गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *