पूर्वमेयर गिरीको निधनप्रति दुःख व्यक्त

डिसी नेपाल
२९ साउन २०७७ ११:४५

काठमाडौं । नेपाली काँग्रेसले पार्टीका धनुषाका नेता एवं जनकपुर नगरपालिकाका पूर्व मेयर कृष्ण गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ। जनकपुरका प्रसिद्ध समाजसेवीसमेत रहेका गिरीको ७३ वर्षको उमेरमा यही साउन २७ गते राति काठमाडौँको मेडिसिटी अपस्पतालमा उपचारका क्रममा निधन भएको हो।

काँग्रेसले बिहीबार शोक विज्ञप्तिमार्फत उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ। काँग्रेसले उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । स्व गिरीले नेपालका लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *