प्रधानमन्त्री ओलीलाई कारबाही गर्न सार्प सूटर आउँदै भन्ने स्टाटस लेखेका सुनील शर्मा पक्राउ

डिसी नेपाल
२९ साउन २०७७ २०:५७
28
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर अफवाह फैलाउने सुनील शर्मा पक्राउ परेका छन्। आफूलाई पत्रकार भन्नेर चिनाउने शर्मालाई काठमाडौंबाट प्रहरीले बिहीबार पक्राउ गरेको महानगरी प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।

उनले डिसी नेपालसँग भने, ‘सामाजिक सञ्जालमा अफवाह फैलाउने विराटनगरका सुनील शर्मालाई हामीले पक्राउ गरेका छौं।’

नेपाल र भारतबीच सीमा विवाद भइरहेका बेला शर्माले ‘प्रधानमन्त्री ओलीलाई जवाफी कारबाही गर्न भारतबाट सार्प सूटर आउने’ भनेर फेसबुकमा लेखेका थिए। यसपछि प्रहरीले उनको खोजी गरिरहेको थियो।

बिहीबार बुढानिलकण्ठ क्षेत्रबाट उनलाई पक्राउ गरिएको एसएसपी ज्ञवालीले जानकारी दिए। उनले शर्माबारे थप अनुसन्धान भइरहेको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *