सिन्धुपाल्चोक पहिरोका दर्दनाक दृश्यहरु (फोटोफिचर)

डिसी नेपाल
३० साउन २०७७ ११:३१

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक पहिरोमा परी ३६ जना वेपत्ता भएका छन्। हालसम्म कसैको पनि शव निकाल्ने काम भएको छैन। ५ जना गम्भिर घाइते भएकालाई हेलिकोप्टरबाट उद्दार गरी चौतारा पुर्‍याइएको छ।

पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली उद्धारका लागि आएको र चार नेपाली सेनालाई त्यसतर्फ पठाइएको छ उनले जानकारी दिए । त्यस्तै रेडक्रस पनि राहत सामग्री लिएर घटनास्थल जाँदै गरेको रेडक्रस सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतिले जानकारी दिए।

जुगल गाउँपालिका– २ लिदीमा शुक्रबार बिहान भीषण पहिरो जाँदा कम्तीमा ३५ जना बेपत्ता भएको वडा अध्यक्ष लामाले जानकारी दिए। लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा चार सय मिटर माथिबाट आएको पहिराले २८ घर पुरेको उनको भनाई छ।


आज बिहान करीब साढे ६ बजेतिर गएको पहिरामा पुरिएकामध्ये पाँच घरका मानिस सम्पर्कविहीन भएको जुगल उनले जानकारी दिए।

पहिरामा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । स्थानीयवासीले सम्पर्कविहीनको खोज र उद्धार गर्न सकेका छैनन् । भौगोलिक विकटता र भिरालो जमीन हुनाका साथै माथिबाट पहिरो आएको र तलबाट पनि जमीन भासिएकाले उद्धारमा कठिनाइ भएको हो।

तस्विर साैजन्य : श्रीधर न्याैपाने/ सुरेश कसजु




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *