पाण्डेलाई उपरथीको दर्ज्यानी
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले विज्ञानदेव पाण्डेलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जंगीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले सहायकरथीबाट उपरथीमा बढुवा भएका पाण्डेलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
मन्त्रिपरिषद्को यही साउन २६ गतेको बैठकले सहायकरथी पाण्डेलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। सरकारले उपरथी पाण्डेलाई उत्तरपश्चिम पृतना हेडक्वार्टरको पृतनापतिको जिम्मेवारी दिएको छ ।
करीब १५ महिना सेनाको प्रवक्ताको जिम्मेवारी पूरा गरेपछि साउनको पहिलो सातादेखि उनले उक्त पृतनामा निमित्त प्रमुखका रुपमा काम गर्दै आएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment