‘समुदायलाई बचनाउने हो भने स्वास्थ्य संकटकाल लगानुपर्छ’

डिसी नेपाल
१ भदौ २०७७ ०:०२

देशको पछिल्लो अवस्था र तथ्यान्क हेर्ने हो भने, संक्रमण तिब्र गतीमा समुदायमा फैलिसकेको स्पष्ट छ र अहिले उपचारको अग्रपंतीमा खटिनु हुने ६०० भन्दा बढी स्वास्थ्यकर्मी कोरोना संक्रमणको चपेटामा परी सक्नु भयो, जसमध्य ६० भन्दा बढी त चिकित्सक मात्र हुनुहुन्छ। अस्पताल र वार्डहरु धमाधम सिल हुँदैछन्। सेवा पुरै कटौती हुँदैछन्। तसर्थ अब देश र समुदायलाई बचाउने हो भने,

🤜जनस्वास्थ्य ऐनमा टेकेर स्वास्थ्य संकटकालसँगै स्वास्थ्यको इमर्जेन्सी प्लान गराउनै पर्छ।

🤜सबै बिरामीलाई एउटै ठाउमा कोचेर हैन स्पष्ट कोभिड र नन–कोभिड अस्पताल छुट्टाउनु पर्छ।

🤜सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्था, अस्पताल र मेडिकल कलेजमा रहेका सम्पूर्ण स्वास्थ्यकर्मीको एचआर म्यापिङ गरेर तम्तयार अवस्थामा टिमहरु खडा गर्नुपर्छ।

🤜तत्काल सो टिमहरुलाई अतिप्रभावित रेड अलर्ट क्षेत्रहरु (जस्तैः बिरगन्ज्, नेपालगन्ज, काठमाडौं)मा खटाइ हाल्नु पर्छ।

🤜क्रिटिकल केअरका लागि चाहिने दक्ष जनशक्ति र आवश्यक बेड, आईसीयु, भेन्टिलेटरको एकिन तथ्यांक राखी अगाडि बढ्नु पर्छ।

🤜संक्रमणमाथि अपमान खेपेका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन न्युनतम १ करोडको बीमा गरेर केहि परे तत्काल रेस्क्यु गर्ने प्रबन्ध मिलाउनु पर्छ।

🤜पूर्ण सुरक्षाको प्रत्याभुती गराउँदा पनि नन कोभिड अस्पतालमा अन्य बिरामिको उपचार गर्न हिच्किचाउने र उपचार नगर्नेलाई पनि कारबाहीको दायरामा ल्याउनु पर्छ।
🤜यस्तो संकटग्रस्त अवस्थामा टिप्पणी उठाउने, फाइल खडा–सदर गर्ने, अर्थको सहमति लिने अनि झारा टार्ने हाइनन सिधा र छिटो बाटो द्रुतमार्ग अपनाइ अगडि बढ्नु पर्छ।

🤜कात्रोमा कमिसन खाने परिपाटीको पूर्ण रूपमा अन्त्य गरिनुपर्छ।

🤜देशभर रहेका होटेल, पार्टी प्यालेस्, बिद्यालय, धर्मशाला, मदरसा, चर्चहरुलाई आइसोलेसनका लागि तयारी अवस्थामा राख्नु पर्छ।
🤜होम आइसोलेसनलाई पनि बढावा दिनु पर्छ।

अन्त्यमा र सबैभन्दा महत्वपूर्ण कुरा भनेकोः
🤛🤛🤛आम सर्बसाधारणले चाहि स्वास्थ्य तथा जनसन्ख्या मन्त्रालयले भनेको “कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनथवाथ्यका मापदण्ड, २०७७” को पुरापुर पालना गर्नै पर्छ।

डा. रवीन खड्का, अध्यक्ष सरकारी चिकित्सक संघ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *