खाद्य सुरक्षा बारेमा लेखिएको नापाको प्रथम पुस्तक प्रकाशन

डिसी नेपाल
२ भदौ २०७७ १२:१२

काठमाडौं। अमेरिकास्थित Association of Nepalese Agricultural Professionals of Americas (NAPA)ले खाद्य सुरक्षा सम्बन्धी “Principles and Practices of Food Security: Sustainable, Sufficient, and Safe Food for Healthy Living in Nepal” शीर्षकको पुस्तक विमोचन गरेको विज्ञप्ति जारी गरी जनाएको छ।  खाद्य सुरक्षाको विषयमा यो पुस्तक प्रकाशन गर्ने अवधारणा चार बर्ष अघि बनाइएको थियो।

विज्ञप्तिमा नापाले आफूलाई एक गैर नाफामूलक, गैर सरकारी, धर्मनिरपेक्ष र गैर राजनीतिक कृषि र सोसँग सम्बद्ध विज्ञानहरू प्रवर्धन गर्ने सङ्गठन भएको जनाएको छ।

नापाले प्रेस विज्ञप्तिमा भनको छ, ‘सन्२०१६ मा स्थापना भएको यो सङ्गठनले वैज्ञानिक, सामाजिक, आर्थिक, क्षमता विकास, ज्ञान साटासाट, र परोपकार मूलक गतिविधिहरूको माध्यमबाट मानव कल्याण र वातावरण प्रवद्र्धन गर्ने लक्ष लिएको छ।’

‘मेहनति प्रोफेसनलहरूको कटिबद्धताले गर्दा यो पुस्तक प्रकाशन सम्भव भएको हो।’ विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को महामारीले विश्वव्यापी रूपमा खाद्य सुरक्षाको व्यवस्थपान अझ बढी चुनौतीपूर्ण बनाएको छ। दिगो, प्रयाप्त, स्वच्छ र स्वस्थ खानामा पहुँच २१ औं शताब्दीको खाद्य सुरक्षाका अत्यावश्यक पक्षहरू हुन्र यी नेपालको खाद्य प्रणालीका मूख्य अंशहरू हुन्। यो पुस्तक यिनै सिद्धान्तहरूमा आधारित छ।’

४२४ पृष्ठको यस पुस्तकमा १८ अध्यायहरू छन् जसमध्ये पहिलो विस्तृत परिचयात्मक अध्याय पनि समावेश छ। जसमा पुस्तकको अवधारणा र क्षेत्रबारे जानकारी गराइएको छ। बाँकी १७ अध्यायहरूलाई चार भागमा बाँडिएको छ ः (१) खाद्य सुरक्षाका साधारण र सामाजिक–आर्थिक मुद्दाहरू, ( २) खाद्य सुरक्षाको लागि दिगो कृषि उत्पादन, (३) खाद्य सुरक्षाका नियमन्हरू, स्वस्थ खानपान, र जलवायुपरिवर्तनका प्रभावहरू र (४) भविष्यको प्रविधि क्षमता।

यो पुस्तक कृषि र यससँग सम्बन्धित क्षेत्रका सरोकारवालाहरूका लागि एक उत्कृष्ट पाठ्यश्रोत बन्नेछ भन्ने नापाको विश्वास रहेको छ। ‘साथै यो खाद्य सुरक्षाको संग्रहको रूपमा उपयोगी बन्ने अपेक्षा गरिएको छ,’ नापाले भनेको छ।

यो पुस्तक योजनाविद्घहरू, नीति निर्माताहरू, निर्णयकर्ताहरू, कार्यक्रम कार्यान्वयनकर्ताहरू, प्रदेश सरकार, गैरसरकारी संस्थाहरू, कृषकहरू तथा निजी उद्योमीहरू, कृषि र यससँग सम्बन्धित विषयहरूमा संलग्न खाद्य उद्योग, खुद्रा बिक्रेता, आपूर्तिकर्ता, खाद्य सुरक्षा र खाद्य प्रणालीहरूसम्बन्धी विश्वविद्यालय र कलेजका विद्यार्थी एवम प्राध्यापकहरू, नागरिककर्मी वा अभियन्ताहरू साथैबौद्धिक वर्गहरूका लागि निकै उपयोगी हुने विश्वास नापाले गरेको छ।

यस पुस्तकले दिगो खाद्य उत्पादन, खानामा सहज पहुँच र स्वस्थ जीवनको लागि पर्याप्त रूपमा खाद्य उपलब्धता र सुरक्षित रूपमा तयार पारिएका खाद्य पदार्थहरूको बारेमा विस्तृत रूपमा जानकारी प्रदान गर्दछ।

यो पुस्तकका अध्यायहरू राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा ख्यातिप्राप्त लेखकहरूले लेखेका हुन्। यस पुस्तकका प्रायजसो लेखकहरूसँग यस विषयको ज्ञानमात्र नभइ नेपाल र नेपालबाहिरको खाद्य सुरक्षाको अवस्थाको प्रत्यक्ष अनुभव पनि छ। विश्वभरका भर्चुवल श्रोताहरूको उपस्थितिमा मिशिगन स्टेट युनिभर्सिटिका वल्र्ड ट्याप खाद्यसुरक्षा कार्यक्रमका निर्देशक डा. नन्दप्रकाश जोशीले पुस्तकको विमोचन गरेका थिए।

पुस्तकका प्रधान सम्पादक डा. द्रोणप्रकाश रसालीले पुस्तकका विभिन्न आयामहरू बारे प्रकाश पारेका थिए। कार्यक्रममा सम्पादक टिमको तर्फवाट डा. उमा कार्कीले सहभागीहरूको स्वागत गरेकी थिइन भने प्रमुख सह–प्रधान सम्पादक तथा व्यवस्थापकीय प्रबन्धक डा. प्रेम भण्डारीले यस पुस्तक विमोचन कार्यक्रमको सञ्चालन गरेका थिए।

त्यस्तै नेपालका डा. देवेन्द्र गौचन र जापानका डा. लुनि पियाले क्रमशः समीक्षकहरू र लेखकहरूको प्रतिनिधित्व गर्दै आफ्ना भनाइहरू राखेको नापाले विज्ञप्ति मार्फज जनाएको छ।

‘धन्यवाद ज्ञापन गर्दै डा. लिलाबहादुर कार्की, नपाका पूर्व अध्यक्षले पुस्तकका सम्पादन मन्डल, समीक्षकहरू, लेखकहरू लगायत अग्रलेख लेखक, प्रशंसापत्र प्रदायक, Plagiarism जाँचकर्ता, पु्रफजाँचकर्ता, प्रिन्ट हाउस, वर्तमान कार्यकारी समितिका पदाधिकारीहरू, यस अघिका कार्यसमितिका पदाधिकारीहरू प्रति उहाँहरूले पु¥याउनुभएको सहयोगको लागि हार्दिक आभार व्यक्त गर्नुभयो।’ विज्ञप्तिमा भनिएको छ।

डा. कार्कीले यो चार बर्से पुस्तक परियोजनाको यात्रा चुनौतीर्पूण भए पनि यसले भविष्यमा हुने प्रकाशनहरूका लागि बहुमूल्य अवसरहरू र शिक्षा प्रदान गरेको स्पष्ट पारे। समापन कार्यक्रममा आफ्नो अभिब्यक्ति दिंदै नपाका बर्तमान अध्यक्ष डा. मेधनाथ पराजुलीले पुस्तक प्रकाशनको क्रममा लेखक, सम्पादक, समीक्षक र नपाका पदाधिकारीहरूले पु¥याएको सहयोगको सम्झना गर्नुका साथै भर्खर स्थापना भएको यस संस्थाको लागि यस पुस्तक प्रकाशनको ठूलो महत्व रहेको र यसले नपाको लक्ष हासिल गर्न ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गरे।

उनले यो किताव प्रकाशनमा योगदान दिने सबैप्रति धन्यवाद दिंदै त्यही योगदानले यो प्रकाशन गर्न सम्भव भएको बताए। भविष्यमा हुने यस्ता योजनाहरूमा यसैगरी योगदान मिल्ने आशा र विश्वास अध्यक्ष पराजुलीले गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *