अन्जु श्रेष्ठको तिजको गीत ‘भेलबेटको चोली’ बजारमा

डिसी नेपाल
२ भदौ २०७७ १२:३३

काठमाडौं। गायिका अन्जु श्रेष्ठको तिजको गीत ‘भेलबेटको चोली’ सार्वजनिक भएको छ। रोयल इन्टरटेन्मेन्टको आधिकारीक यूट्युव च्यानलबाट सार्वजनिक गरेको गीतको शब्द सुस्मा देवकोटाले लेखेकी हुन्।

राज सारगरले म्युजिक गरेको उक्त गीतलाई चन्द्र चौधरीले मिक्सिङ गरेका छन्। भोइस अफ नेपालको स्टुडियोमा उक्त गित रेकर्डिङ भएको हो।

अन्जु श्रेष्ठ, एलिना तुलाधर, डिम्पल नगरकोटी, सविता श्रेष्ठ, कविता श्रेष्ठ, सोनु श्रेष्ठ, कञ्चन केसी लगाएतका कलाकारहरुले गीतमा अभिनय गरेका छन्।

विजेन महर्जन र अन्जान थापाले निर्देशन गरेको उक्त म्युजिक भिडियोको कोरियो ग्राफि डिम्पल महर्जनले गरेकी हुन्। यस्तै भिडियो सम्पादन एन्जेल चौधरीले गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *