सुप्रसिद्ध गीतकार विजय शिवाकोटीको ‘मेरो गीत मन पराउँछ्यौ’को म्युजिक भिडियो सार्वजनिक

डिसी नेपाल
२ भदौ २०७७ १३:१७

काठमाडौं। गीतकार विजय शिवाकोटीको ‘मेरो गीत मन पराउँछ्यौ’ बोलको गीत सार्वजनिक भएको छ । गायक दीपक खरेलको स्वर रहेको गीतमा दीपक जंगमले संगीत भरेका छन् । प्रेमकथामा आधारित गीतको म्युजिक भिडियोमा डा. विकास थापा र डा. सत्यप्रिया शिवाकोटीको अभिनय छ । ईश्वर बल्लभ र बालकलाकार अंशुमन घिमिरेले सहयोगी कलाकारको भूमिका निभाएका छन् ।

सन्दिप डंगोलको निर्देशनमा तयार भएको भिडियोलाई आनन्द प्रभाकर घिमिरेले खिचेका हुन् । सचिन सिंहको एरेन्जमेन्ट, सोनी श्रेष्ठको व्यवस्थापन आशुतोष घिमिरेको प्राविधिक सहयोग रहेको भिडियो वेष्टफोर्ड एजुकेशनले उत्पादन गरेको हो । यो गीत आशय एल्बममा संग्रहित छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *