कोरोना महामारीः अक्सफोर्ड भ्याक्सिनको तेस्रो ट्रयाल शुरु हुँदै
काठमडाौं। अक्सफोर्डले बनाइरहेको कोरोनाविरुद्धको भ्याक्सिन अक्सफोर्डको तेस्रो ट्रयाल यसै हप्ता शुरु हुने भएको छ। भारतमा पनि यो भ्याक्सिनमा काम भइरहेको छ। मंगलबार भारतीय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा अक्सफोर्ड भ्याक्सिन यसै हप्ता तेस्रो ट्रयालमा जाने जानकारी दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
तर, यो भ्याक्सिन कहिलसम्म तयार हुन्छ र बजारमा आउँछ भन्नेबारे भने केही खुलाइएको छैन। विश्वभर कोरोना भ्याक्सिनको ट्रायल भइरहेको छ। रुसले भ्याक्सिन बजारमा ल्याउने घोषणा गरिसकेको छ भने चीनले आगामी डिसेम्बरसम्म आफूले तयार पारेको भ्याक्सिन बजारमा आउने बताएको छ। चीनको सिनो फार्माले तयार पारेको भ्याक्सिनको मूल्य १ हजार युआन (चिनियाँ) हुने जनाइएको छ।
हालसम्म औषधि नभएको कोरोना भाइरसका कारण विश्वभर प्रतिदिन मानिसहरु मरिरहेका छन्। नेपालमामात्र मंगलबार कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ भने संक्रमितको संख्या २८ हजार पुगेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment