राष्ट्रकवि माधव घिमिरेको अन्त्यष्टी नेपाली सेनाले गर्ने
काठमाडौं। राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्यष्टी नेपाली सेनाले गर्ने भएकाे छ। नेपाली सेनाका मानार्थ व्रिगेडियर जनरल समेत रहेका घिमिरेको अन्तिम संस्कारका लागि तयारी पूरा भएकाे नेपाली सेनाले जनाएकाे छ।
अहिले घिमिरेको शव लैनचौरस्थित निवासमा राखिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लव पौडेलले जानकारी दिए। घिमिरेको शव १० बजेसम्म अन्तिम श्रदाञ्जलिका लागि राखिनेछ।
सेनाका प्रवक्ता पौडेलका अनुसार १० बजेपछि नेपाली सेनाको स्कर्टिङमा शव पशुपतिस्थित आर्यघाट लगिनेछ आर्यघाट पुगेपछि नेपाली सेनाको १ टुकडी र सशस्त्र प्रहरीको १ टुकडीले सलामी दिने तयारी पनि गरेको छ।
घिमिरेको १०२ वर्षको उमेरमा मंगलबार मृत्यु भएको थियो। लमजुङ जिल्लाको पुस्तुन गाउँमा १९७६ असोज ७ गते जन्मिएका राष्ट्रकवि घिमिरेले नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्मको यात्रा गरेका छन्।
तीन वर्षकै उमेरमा मातृशोक परेका घिमिरेले ६ वर्षको उमेरमा अक्षर चिनेका थिए। ८/९ वर्षको हुँदा पञ्चाङ्ग सिकेका घिमिरेले लम्जुङमै सस्कृत सिके र काठमाडौं हुँदै बनारससम्म पुगेका थिए
१४ वर्षकै उमेरमा गोरखापत्रमा साहित्य कृति छापाएर साहित्यमा होमिएका घिमिरेका थुप्रै सृजनाहरु बजारमा छ। नेपाली समाजमा राष्ट्र भावले ओतप्रोत गीत, कथा, कविता लगायतका विधाबाट हरेको मन मुटुमा बस्न सफल छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment