बालुवाटारमा सीसीएमसीको बैठक जारी, कोरोना नियन्त्रणबारे निर्णय हुने
काठमाडौं। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। कोरोना नियन्त्रणका लागि आगामी कदमबारे निर्णय गर्न प्रधानमन्त्रीको उपस्थितिमा सीसीएमसीको बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिएका छन्।
सरकारले गएको साउन ६ गते लकडाउन अन्त्य भएको घोषणा गरेपश्चात लगातार संक्रमित र मृतकको संख्या बढेपछि सरकार चौतर्फी दबाबमा परेको छ। कोरोना नियन्त्रणका लागि भन्दै सरकारले केही कडा मापदण्ड बनाए पनि सबै अधिकारी स्थानीय प्रशासनमा दिइएको थियो। तर, बुधबार आकस्मिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सीसीएमसीको बैठक बसेकाले केही निर्णय हुने अनुमान गरिएको छ।
नेपालमा कोरोना संक्रमितको संख्या बुधबार २८ हजार ६ ३८ पुगेको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या १२० पुगेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment