सर्वोच्चद्वारा किशोर श्रेष्ठलाई प्रेस काउन्सिलको काबा अध्यक्षमा थमौती

डिसी नेपाल
३ भदौ २०७७ २०:३६

काठमाडौं। सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई सो पदमा थमौती गरेको छ। सर्वोच्चले बुधबार श्रेष्ठलाई नै कामकाज गर्न दिने गरी अन्तरिम आदेश दिएको हो।

सरकारले श्रेष्ठलाई कार्यवाहक अध्यक्षबाट हटाएर गत सोमबार काउन्सिलकी नवनियुक्त सदस्य दुर्गा भण्डारी पौडेललाई कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो। सरकारको निर्णयविरुद्ध काउन्सिलका तर्फबाट सदस्य चेतनाथ धमलाले रिट दायर गरेका थिए। सोही रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले बुधबार श्रेष्ठको पक्षमा आदेश दिएको हो।

काउन्सिलको ऐन बाझिने गरी सरकारले नियमावली संशोधन गरेकोविरूद्धमा काउन्सिलका तर्फबाट सदस्य चेतनाथ धमलाले सर्वोच्चमा दिएका थिए। उक्त रिटको सुनुवाइ गर्दै बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अहिलेका कार्यवाहक अध्यक्ष श्रेष्ठलाई हटाउने कार्य नगर्नु नगराउनु हुन अन्तरिम आदेश जारी गरेको छ।

सरकारले साउन २६ गते काउन्सिलको नियमावली संशोधन गर्दै कार्यवाहक अध्यक्ष सरकारले नियुक्त गर्न सक्ने बुँदा थप गरी भण्डारीलाई सदस्य नियुक्त गर्दै अध्यक्ष बनाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *