अमेरिकामा कला न्यौपानेको तीज विशेष फोटोशूट, हेर्नुहोस् २१ तस्वीर

डिसी नेपाल
५ भदौ २०७७ १०:३६

वाशिङटन डिसी। अमेरिकामा बस्दै आएकी नेपाली मोडल कला न्यौपानेले तीजको अवसर पारेर परम्परागत नेपाली पहिरनमा फोटोशूट गराएकी छिन् । अमेरिकामा बस्ने नेपाली समुदायकी उदाउँदी मोडल न्यौपानेले कलेज अध्ययनका साथसाथै मोडलिङलाई पनि निरन्तरता दिँदै आएकी छिन् । उनले साइबर सेक्युरिटी अध्ययन गर्दैछिन् ।

नृत्य, गायन र मोडलिङमा रुचि राख्ने न्यौपानेले आफू अमेरिकामा बस्दै आएको भए पनि नेपाली संस्कृतिको संरक्षणका लागि निरन्तर प्रयास गर्दै आइरहेकी छिन् । उनी नृत्य गर्न रुचाउँछिन् र यसले नेपाली सांस्कृतिक सम्पदालाई महसुस गर्न र संरक्षण गर्न आफूलाई सघाएको उनी बताउँछिन् । नृत्य गर्दै गर्दा उनले आफूभित्र रहेको प्रतिभा पहिचान गरेर मोडलिङ पनि सुरु गरेकी हुन् । अहिले मोडलिङ करिअरको सुरुवातमै रहेको बताउने न्यौपानेले भविष्यमा यस क्षेत्रमा अझै ख्याती कमाउने अपेक्षा गरेकी छिन् । उनका तस्वीरहरु फोटो बैंक स्टुडियोका फोटोग्राफर राजीव श्रेष्ठले खिचेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *